Nepal Life

यी हुन् ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकका निर्णय

NMB Bank
  • BFIS News
  • 2024 Jul 15 19:44
यी हुन् ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद बैठकका निर्णय
United Ajod

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन भएसँगै मन्त्रिपरिषद् बैठक बसेको छ। उक्त बैठकले विपदका कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृत घोषणा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

'विपतमा बेपत्ता भई १० दिनसम्म पनि फेला नभएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय भएको छ,' उनले भने,'यसअघि बेपत्ता भएकालाई यस्तो कुनै व्यवस्था गरिएको थिएन।' यस्तै, त्रिशूलीमा पहिरो गई गाडी बेपत्ता भएका मृतकका परिवारलाई राहत दिने पनि सरकारले निर्णय गरेको छ।

मन्त्री गुरूङका अनुसार २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउने निर्णय भएको छ भने कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण तीन सय दिनभित्र फिट गर्ने निर्णय भएको छ। 

मन्त्रिपरिषद्का समितिमा लगिएका वा प्रक्रियामा भएका सम्पूर्ण प्रस्तावहरू मन्त्रालयमा फिर्ता गराउने निर्णय गरिएको समेत भएको छ। त्यस्तै, जाजरकोटका भूकम्प पीडितलाई दोस्रो र तेस्रो किस्ता राहत रकम उपलब्ध गराउने निर्णय भएको छ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया