Nepal Life

आज साउने संक्रान्ति : देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो, पशुपतिमा साउनभरि कोटी होम र शिवपुराण पाठ

NMB Bank
  • BFIS News
  • 2024 Jul 16 08:38
आज साउने संक्रान्ति : देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो, पशुपतिमा साउनभरि कोटी होम र शिवपुराण पाठ
United Ajod

काठमाडौं।  आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।

Shikhar
Nepal Life
NIMB

हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।

यसैबीच पशुपतिनाथ मन्दिर परिसरमा पनि आज बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ। पशुपतिनाथका मूल मन्दिरका चारै ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ। साउन महिनाको लागि सबै तयारी पनि पूरा भएको छ। साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ।

यस वर्ष साउन महिनामा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा अझ बढी भीड हुने भएकाले सुरक्षा बैठकलगायत तयारी गरिएको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया