Nepal Life

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी निर्वाचित

NMB Bank
  • BFIS News
  • 2024 Jul 16 10:13
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी निर्वाचित
United Ajod

काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित भएका छन्। परिषद्को २८ र २९ औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका हुन्।

Shikhar
Nepal Life
NIMB

निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिए।

महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन्।

सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएको निर्वाचन अधिकृत प्रसाईँले जानकारी दिए।

कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा १ हजार १९३ जनाले मतदाता रहेकामा १ हजार ३१ मतदाताले मतदान गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया