Nepal Life

महंगो सुन! आज बनायो हालसम्मकै उच्च मूल्यको रेकर्ड

NMB Bank
  • BFIS News
  • 2024 Jul 16 12:48
महंगो सुन! आज बनायो हालसम्मकै उच्च मूल्यको रेकर्ड
United Ajod

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले पुनः उच्च मूल्यको रेकर्ड बनाएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया