Nepal Life

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, आजदेखि ब्याजदर परिवर्तन

NMB Bank
  • BFIS News
  • 2024 Jul 16 15:20
नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, आजदेखि ब्याजदर परिवर्तन
United Ajod

काठमाडौं। नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ।

Shikhar
Nepal Life
NIMB

कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो। आव २०७९/८० को नाफाबाट तत्कालीन सहभागीहरुलाई २०७९ चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिइनेछ। यसरी प्रतिफल वितरण गर्दा बचत वृद्धि अवकाश कोषका साढे तीन लाख सहभागीलाई करिब एक अर्ब ६६ करोड रुपियाँ वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए।

कोष सञ्चालक समितिको निर्णय अनुसार चालु आवको साउन १ देखि ब्याजदर परिवर्तन भएको छ। परिवर्तित ब्याजदर अनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीलाई दिइने ब्याजदर ६.५० प्रतिशत कायम भएको छ। यो योजनाको ८० प्रतिशत ऋण सापटीको ब्याजदर ८ प्रतिशत निर्धारण भएको छ। यस अघि यसको ब्याजदर ८. ५ प्रतिशत थियो।

नागरिक एकाङ्क योजनाको संस्थागततर्फ ब्याज ७ प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत निर्धारण गरिएको छ। यसैगरी, उपदान तथा पेन्सन योजनामा ५.५०, लगानीकर्ता अवकाश कोष योजनामा ५.५०, नार्क बिमा कोषमा ६ र राष्ट्रसेवक जीवन बिमा कोषको ५.५० प्रतिशत ब्याजदर कायम गरिएको छ।

कर्जाको ब्याजदरतर्फ शैक्षिक कर्जाको हकमा ८.५०, आवाश कर्जामा ८.५०, सरल कर्जामा ९, र सवारी कर्जामा ९ प्रतिशत कायम भएको छ। यस पूर्व शैक्षिक कर्जामा ९.५०, आवाश कर्जामा ९, सरल कर्जामा ९.५० र सवारी कर्जामा ९.५० प्रतिशत ब्याजदर रहेको थियो। कोषले सहभागीहरुलाई प्रदान गर्ने ब्याज र कर्जामा लिने ब्याजदर प्रत्येक त्रयमासमा पुनरवलोकन गर्ने गरेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया