Nepal Life

प्रधानमन्त्रीको बधाई थापिरहेका ओलीले भने - डिजिटल माध्यमबाट शुभकामना दिनुस्, खादा र माला प्रयोग नगरिदिनुस्

NMB Bank
  • BFIS News
  • 2024 Jul 17 09:11
प्रधानमन्त्रीको बधाई थापिरहेका ओलीले भने - डिजिटल माध्यमबाट शुभकामना दिनुस्, खादा र माला प्रयोग नगरिदिनुस्
United Ajod

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत त्यस्तो अनुरोध गरेका हुन्।

Shikhar
Nepal Life
NIMB

प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेले पनि खादा र माला प्रयोग नगर्न अनुरोध गरेका छन्। उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन्।

“विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु”, प्रधानमन्त्री ओलीले भनेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया