Nepal Life

आइतबार विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, सोही दिन देशवासीको नाममा पनि सम्बोधन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Jul 17 16:02
आइतबार विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, सोही दिन देशवासीको नाममा पनि सम्बोधन गर्ने
United Ajod

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आगामी आइतबार (साउन ६) गते विश्वासको मत लिने भएका छन्। सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिन लागेका हुन्।

Shikhar
Nepal Life
NIMB

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गरेका हुन्।

साउन ६ गते नै प्रधानमन्त्री ओलीले संसद् बैठकबाट देशवासीको नाममा पनि सम्बोधन गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। त्यसको भोलिपल्ट ३१ गते उनले पद तथा गोपनीयताको शपथ लिएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया