Nepal Life

एनसेलको वायरफ्री प्लस सेवामा भारी छुटका साथै अल्टिमा ग्याजेट नि:शुल्क पाइने

NMB Bank
  • BFIS News
  • 2024 Jul 18 16:14
एनसेलको वायरफ्री प्लस सेवामा भारी छुटका साथै अल्टिमा ग्याजेट नि:शुल्क पाइने
United Ajod

काठमाडौं । एनसेलले हाल सञ्चालनमा रहेको आफ्नो ‘सधैं अन’ योजनामा आधारित भई वायरफ्री प्लस सेवामा आकर्षक अफर ल्याएको छ।

Shikhar
Nepal Life
NIMB

यससँगै अब उपभोक्ताले भारी छुटमा बन्डल सेवाका साथै निःशुल्क अल्टिमाको एयरबड र स्मार्टवाच पाउन सक्छन्।

वायरफ्री प्लस नवीन प्रविधिमा आधारित वायरलेस इन्टरनेट हो र यसमार्फत् ग्राहकले बिना कुनै झन्झट अनलिमिटेड इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको फाइदा लिन सक्छन्।

विशेषगरी घरेलु प्रयोजनका लागि उपयुक्त हुने यो सेवा ग्राहकले दराज, इसेवा, खल्ती, आइएमई पेको प्लेटफर्महरूमार्फत् लिन सक्छन्। यसैगरी यो अफरमा सहकार्य गरेको अल्टिमा ब्रान्डको वेबसाइटबाट पनि ग्राहकले सेवाका लागि सदस्यता लिन सक्छन्।

यो अफरअन्तर्गत ग्राहकहरूले वायरफ्री सेवाका लागि अर्ध वार्षिक सदस्यता लिँदा ३५ प्रतिशत (२ हजार ९५ रूपैयाँ) र वार्षिक सदस्यतामा ४२ प्रतिशत (४ हजार ९८९ रूपैयाँ) छुट पनि पाउँछन्।

६ महिनाका लागि सेवा लिँदा ग्राहकले ३ हजार ४९९ रूपैयाँ पर्ने अल्टिमाको एयरबड निःशुल्क पाउँछन् भने एक वर्षको सेवा खरिदमा  ५ हजार ९९९ रूपैयाँ मूल्य पर्ने अल्टिमाको स्मार्टवाच निःशुल्क पाइन्छ।

सेवाका लागि अर्ध वार्षिक सदस्यताको शुल्क कर सहित ३ हजार ८९९ रूपैयाँ तोकिएको छ भने वार्षिक सदस्यताको शुल्क ६ हजार ९९९ रूपैयाँ रहेको छ। यी दुवै प्लान लिँदा ग्राहकले एनसेलको फोरजी राउटर पनि शुल्क पाउँछन्।

यो योजनामा ग्राहकले २ वटा सिमकार्ड पाउँछन्। ग्राहकहरूले मुख्य एक सिममा प्रत्येक महिना २५० जिबी डेटा पाउँछन् र यो डेटा भोल्युम सकिएमा ५१२ एमबिपीएस गतिमा अनलिमिटेड इन्टरनेट सेवा महिना भरी लिन सकिन्छ। अर्को दोस्रो सिममा ग्राहकले प्रत्येक महिना १०० मिनेट टक टाइम र ५ जिबी पाउँछन्।

ग्राहकले पाउने सेवाहरू हरेक ३० दिनको साइकलमा प्राप्त हुन्छन्। ३० दिनको समयावधि भित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरू अर्को नयाँ ३० दिनमा थप हुने अर्थात् जोडिने छैन।

सधैं अन योजना अन्तर्गत सुलभ दरमा पाइने यो वायरलेस इन्टरनेट सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउने र ग्राहकहरूलाई कनेक्टिभिटीले प्रदान गर्ने अवसरहरुसँग जोड्ने विश्वास एनसेलले लिएको छ।

एनसेलले विगत ४ वर्षदेखि यो सेवा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया