Nepal Life

अर्थमन्त्री पौडेल भन्छन् - अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ

NMB Bank
  • BFIS News
  • 2024 Jul 18 17:14
अर्थमन्त्री पौडेल भन्छन् - अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ
United Ajod

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास हुने बताएका छन्। नेपाल उद्योग परिसंघ (सिएनआइ) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, 'प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टास्न आउनुभएको होइन । समस्या देखेरै समाधान गर्न यो सरकारमा आउनु भएको हो। अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ।’

Shikhar
Nepal Life
NIMB

अर्थमन्त्री पौडेलले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने बताए। समस्या मात्र नभई समाधानका लागिसमेत निजी क्षेत्रसँग सँगै बसेर छलफललाई केन्द्रित गर्ने उनले बताए।

मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गर्दै उनले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी हुन आग्रह गरे।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया