Nepal Life

तोलामा दुई हजारले घट्यो सुनको मूल्य

NMB Bank
  • BFIS News
  • 2024 Jul 19 12:36
तोलामा दुई हजारले घट्यो सुनको मूल्य
United Ajod

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई हजार रूपैयाँले घटेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया