Nepal Life

दुई बीमा कम्पनीले हकप्रद निष्कासनका लागि मागे बोर्डसँग अनुमति

NMB Bank
  • BFIS News
  • 2024 Jul 19 16:28
दुई बीमा कम्पनीले हकप्रद निष्कासनका लागि मागे बोर्डसँग अनुमति
National Life

काठमाडौं । दुई बीमा कम्पनीले हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेका छन्। सन नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले अनुमति मागेका हुन्।  

Shikhar
NIMB

सन नेपाल लाइफले बोनस सेयरपश्चात कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत हकप्रदका लागि अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ।

यस्तै नेपाल इन्स्योरेन्सले चुक्तापूँजीको ४० प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ। कम्पनीले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद शेयर जारी गर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया