NIMB Header 2
Nepal Life

एनआईसी एसिया बैंक २७ औं वर्षमा प्रवेश, सरकारलाई हालसम्म तिर्‍यो २६ अर्ब ५९ करोड

National Life
  • BFIS News
  • 2024 Jul 21 11:23
एनआईसी एसिया बैंक २७ औं वर्षमा प्रवेश, सरकारलाई हालसम्म तिर्‍यो २६ अर्ब ५९ करोड
Sanima Reliance

काठमाडौं । एनआईसी एसिया बैंक २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै दिन  पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ सुरू भएको यात्रा यहाँसम्म आइपुग्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनेको दाबी बैंकको छ।

Shikhar
NIMB

साथै, बैंकले २७ वर्षे यात्रामा योगदान दिने ग्राहकवर्ग, नियामक निकाय, शेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ,’ बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधा प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं ।’

स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी बैंकिङ्ग सेवा देशको कुना कुनामा पुर्‍याएको बैंकले जनाएको छ ।

बैंकले अहिलेसम्म कुल रू. २६ अर्ब ५९ करोडभन्दा बढी राजस्व सरकारलाई बुझाएको तथा गत अर्थिक वर्ष ०८०/८१ मा मात्रै रू. २ अर्ब ८९ करोडभन्दा बढी राजस्व बुझाएको बैंकले छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया