Nepal Life

आज साउनको पहिलो सोमबार, पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

NMB Bank
  • BFIS News
  • 2024 Jul 22 08:46
आज साउनको पहिलो सोमबार, पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
United Ajod

काठमाडौं। आज साउनको पहिलो सोमबार पशुपतिसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।

Shikhar
Nepal Life
NIMB

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजाआराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको छ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ। आज पनि बिहानैदेखि पशुपतिमा भक्तजनको वर्षाका बीच पनि उल्लेख्य मात्रामा भीड लागेको छ।

भक्तजनका लागि तीनवटा लाइनको व्यवस्था गरिएको छ। उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ। पशुपतिनाका चारै ढोका आज बिहान साढे तीन बजेदेखि नै खुला गरिएका छन्।

विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, पानीलगायतको व्यवस्था गरेका छन्।

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ।

साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजाआराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ।
 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया