Nepal Life

किन घट्यो कुखुराको मासुको मूल्य?

NMB Bank
  • BFIS News
  • 2024 Jul 22 14:21
किन घट्यो कुखुराको मासुको मूल्य?
United Ajod

काठमाडौं । कुखुराको मासुको मूल्य घटेको छ। आज (सोमबार) बाट लागू हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जानकारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ। अहिले घरायसीसँगै व्यावसायिक खपत घटेकाले मासुको मूल्य घटाइएको संघका उपाध्यक्ष श्रीय ढकालले जानकारी दिए।

'साउनमा धेरैजसोले मासु खाँदैनन्। बिहेको लगन पनि नभएकाले पार्टी प्यालेसमा पनि खपत छैन,' उनले भने, 'त्यसैले उत्पादन बढी भएर मूल्य घटाइएको हो।'

अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ।

मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २६० देखि २६५ रूपैयाँ छ।

यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो २६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो २७५ देखि २८० रूपैयाँ थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया