NIMB Header 2
Nepal Life

होटल क्षेत्रको क्षमता बढाउन सरकार नीतिगत सुधार गर्न सकरात्मक छ : अर्थमन्त्री

National Life
  • BFIS News
  • 2024 Jul 23 13:50
होटल क्षेत्रको क्षमता बढाउन सरकार नीतिगत सुधार गर्न सकरात्मक छ : अर्थमन्त्री
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटल संख्याको अनुरुप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका छन् ।

Shikhar
NIMB

होटल संघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा पौडेलले बढ्दै गएको होटलहरुको संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरुमा अन्तर्राष्ट्रिय उडान बढाउनुका अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्गहरुको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए।

उनले होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरुमा मन्त्रालय सकारात्मक रहेको बताए। साथै आउँदो मौद्रिक नीति पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धन गर्न अभिप्रेरित रहने बताए।

व्यवसायीहरुले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिन गरेको मागप्रति सरकार सकारात्मक रहेको पनि उल्लेख गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया