Nepal Life

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँच्न सफल पाइलटको कस्तो छ अवस्था?

NMB Bank
  • BFIS News
  • 2024 Jul 24 14:42
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँच्न सफल पाइलटको कस्तो छ अवस्था?
United Ajod

काठमाडौं । काठमाडौंबाट मर्मतका लागि पोखरा उडान भरेको सौर्य एयरलाइन्सको विमान रनवे छोड्ने वित्तिकै खसेर जमिनमा बजारिँदा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मात्रै बाँच्न सफल भएका छन्। आज बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै उक्त दुर्घटना भएको हो ।

Shikhar
Nepal Life
NIMB

मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी तथा प्राविधिक रहेका छन्। पाइलट मनीष शाक्यको भने तत्काल उद्धार गरी केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। विमान जमिनमा बजारिँदा ककपिटबाट पाइलट उछिट्टिएकाले उनी विमानको आगलागीमा परेनन् र बाँच्न सफल भए। यद्दपी उनको शरीरमा गम्भीर चोट लागेको छ। टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।

अस्पताल स्रोतका अनुसार उनको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएको छ। उनलाई अस्पताल पुर्‍याउँदा पनि बोल्न सक्ने अवस्थामै थिए। उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

उनको शरीरमा जलन नभएरको पनि अस्पताल स्रोतले बताएको छ।

१८ जनाको शव परीक्षण र पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

मृत्यु हुनेमा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदीपलाल जोशी, सर्भेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, विदेशी नागरिक अरेफ रेडा रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया