Nepal Life

कस्तो छ सौर्य एयर विमान दुर्घटनाका एकमात्रै जिवित क्याप्टेन शाक्यको अवस्था?

NMB Bank
  • BFIS News
  • 2024 Jul 25 13:52
कस्तो छ सौर्य एयर विमान दुर्घटनाका एकमात्रै जिवित क्याप्टेन शाक्यको अवस्था?
United Ajod

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाका क्याप्टेन मनीषरत्न शाक्यको उपचार जारी छ। उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Shikhar
Nepal Life
NIMB

उनको अवस्था सुधोरोन्मुख र खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ। शाक्यको टाउको, अनुहारका विभिन्न स्थानमा गहिरो चोट लागेको छ। सिटीस्क्यान तथा एमआरआईमा मस्तिष्क केही सुन्निएको देखिएको छ भने मेरुदण्डको ‘एल २’ भाग भाँचिएको छ। आठौं, नवौं र दसौं करङ भाँचिएको छ।

शाक्यलाई उद्धार गरेर अस्पताल पुर्‍याउँदासम्म उनी बोल्न सक्ने अवस्थामै थिए। उनलाई उद्धार गर्दा घटनास्थलमै उनले ‘म ठीक छु, अरूलाई हेर्नु’ भनेका थिए।

शाक्यलाई उनका घरपरिवारले भेटेका छन् भने अन्यलाई भेट्न रोक लगाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया