United Ajod

हवाइ सुरक्षाका लागि नियामक र सेवा प्रदायक छुट्याउन आग्रह, प्राधिकरणका महानिर्देशकमाथि उठ्यो प्रश्न

Everest Bank
  • BFIS News
  • 2024 Jul Thu 16:16
हवाइ सुरक्षाका लागि नियामक र सेवा प्रदायक छुट्याउन आग्रह, प्राधिकरणका महानिर्देशकमाथि उठ्यो प्रश्न

काठमाडौं । अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरूले हवाइ सुरक्षाका लागि नियामक र सेवा प्रदायक छुट्याउन आग्रह गरेका छन्।

आज बसेको समितिको बैठकमा बोल्दै सांसद उदय शमशेर जबराले हवाई सुरक्षाका लागि नियामक र सेवा प्रदायक निकाय छुट्याउन आवश्यक भएको बताए। उनले नेपालमा यी दुवै निकाय एकै ठाउँमा भएकाले हवाइ सुरक्षाले प्राथमिकता नपाएको गुनासो उनले गरे। उनले पर्यटनमन्त्री बद्री पाण्डेलाई यस विषयमा विचार गर्न आग्रह गरे।

सांसद जबराले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि प्रश्न उठाउँदै नेतृत्वमा रहँदा ७ वटा हवाइ दुर्घटनाको जिम्मवारी लिन आग्रह गरे। 'प्राधिकरणमा तपाईंकै नेतृत्व यतामात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन्। यसको जिम्मेवारी लिनुपर्दैन? दोष जति सधैँ अरूलाई नै लगाउने,' उनले प्रश्न गरे।

बैठकमा सभापति राजकिशोर यादवले पर्यटन मन्त्री पाण्डेलाई एक साताभित्र आइकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन पनि दिए। साथै प्राधिकरणलाई सेवा प्रदायक र नियामक टुक्राउने विधेयकका बारेमा पनि चासो राखेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया