NIMB Header 2
Nepal Life

बैंकहरुलाई अझै नाफा बढाउन अवसर, असारमा नउठेको व्याज साउनमा उठाएर आम्दानीमा बाध्न पाउने

Muktinath Bank
  • BFIS News
  • 2024 Jul 26 13:25
बैंकहरुलाई अझै नाफा बढाउन अवसर, असारमा नउठेको व्याज साउनमा उठाएर आम्दानीमा बाध्न पाउने
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकको गएको असारमा पाकेको व्याज साउनमा उठाएर पनि नाफामा बाध्न पाउने सुविधा प्रदान गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो सुविधा प्रदान गरेको हो । 

NIMB

बैंकहरुको खराव कर्जालाई केहि सहुलियत प्रदान गर्न यस्तो सुविधा दिएको हो । मौद्रिक नीतिमा भनिएको छ 'बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिनेछ ।'

गएको असारसम्ममा भाखा नाघेका तथा व्याज असुल नभएका ऋणीको व्याजस साउन महिनामा असुलउपर भए पनि बैंकहरुले गत आर्थिक वर्षकै वित्तीय विवरणमा उल्लेख गर्न पाउने छन् । यस्तो व्यवस्थाले बैंक वित्तीय संस्थाको लेखापरीक्षणमा थप ढिलाइ हुने भएको छ । अव बैंकहरुले साउन मसान्तसम्मको अवधिलाई कुर्नु पर्नेछ र यस अवधिमा गएको महिनामा पाकेको व्याज असुल गर्न लागि पर्ने छन् । 

यस्तो व्यवस्थाले बैंकहरुको मुनाफा पनि बढ्नेछ । साथै प्रिभिजनिङमा पनि केहि सहुलियत हुनेछ । यि दुबै कारणले गर्दा बैंक वित्तीय संस्थाहरुले खराव अवस्थाको वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने अवस्था आउने छैन । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया