Nepal Life

सौर्य एयरलाइन्स विमान दुर्घटनाका घाइते क्याप्टेनको अवस्था सुधारोन्मुख, आइसियुबाट बाहिर निकालियो

NMB Bank
  • BFIS News
  • 2024 Jul 26 13:46
सौर्य एयरलाइन्स विमान दुर्घटनाका घाइते क्याप्टेनको अवस्था सुधारोन्मुख, आइसियुबाट बाहिर निकालियो
United Ajod

काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको अवस्था सुधारोन्मुख रहेको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत उनलाई आइसियुबाट बाहिर निकालिएको छ।

Shikhar
Nepal Life
NIMB

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले शाक्यको स्वास्थ्यमा सुधार देखिएको र खतरामुक्त रहेको बताइन्। शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लाग्नुका साथै ढाडको एउटा हड्डी र देव्रेपट्टी तीनवटा करङ्गहरू भाँचिएका छन्।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लागेको जहाज रनवेबाट केही माथि पुग्नेवित्तिकै तल खसेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन शाक्यमात्रै बाँचेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया