NIMB Header 2
Nepal Life

स्वाप कारोबार विनियमावली जारी, बैंकहरुको वैदेशिक ऋणमा हुने जोखिम हट्यो (विनियमावलीसहित)

National Life
  • BFIS News
  • 2024 Jul 28 17:24
स्वाप कारोबार विनियमावली जारी, बैंकहरुको वैदेशिक ऋणमा हुने जोखिम हट्यो (विनियमावलीसहित)
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमावली, २०८१’ कार्यान्वयनमा ल्याएको छ।  बैंकहरुले विदेशीबाट लिएको ऋणमा हुने जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित विनियमावली ल्याइएको हो।

Shikhar
NIMB

अब विदेशबाट ऋण ल्याउने बैंक तथा वित्तीय संस्थाहरूले विदेशी मुद्रामा हुनसक्ने जोखिम राष्ट्र बैंकमा सार्न सक्ने भएका छन्।

 राष्ट्र बैंकले आइतबारदेखि उक्त विनियमावली कार्यान्वनमा ल्याएको हो।

डलरको मूल्यमा हुने परिवर्तनले बैंकहरुले विदेशबाट लिएको ऋणलाई प्रभावित बनाइरहेको देखिन्छ। बैंकहरुले भारतबाट भारतीय रुपैयाँ र अन्य मुलुकबाट डलरमा ऋण ल्याउने गर्छन्।

भारतसँग नेपाली मुद्रा आवद्ध (पेग) ले सटही दर पनि ‘फिक्स’ छ । तर, डलरको मूल्य भने परिवर्तन भइरहेको हुन्छ । त्यसले बैंकहरुले डलरमा ल्याएको ऋणलाई प्रभावित बनाइरहेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सोही विनियमावलीबमोजिम राष्ट्र बैंकसँग स्वाप कारोबार गर्न निर्देशन समेत दिएको छ । विनियमावलीमा विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउन्टरपार्टीबीच ‘खरिद–बिक्री अमेरिकी डलर/नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकहरूले विदेशबाट ल्याएको ऋणमा विनिमय दरको कारण जोखिम भइरहेको भन्दै यस्तो कारोबारको माग गर्दै आएका थिए।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया