Nepal Life

के खाइन्छ विश्वमा सर्वाधिक धेरै?

NMB Bank
  • BFIS News
  • 2024 Jul 29 08:57
के खाइन्छ विश्वमा सर्वाधिक धेरै?
United Ajod

काठमाडौं । विश्व स्वास्थ्य तथा कृषि संगठनका अनुसार विश्वमा सबैभन्दा बढी उपभोग गरिने खाद्यवस्तुमा निम्न कुराहरु पर्दछन्-

Shikhar
Nepal Life
NIMB

१ दुध - विश्वमा दुधको खपत प्रतिव्यक्ति ७९.३ किलोग्राम रहेको छ। पछिल्लो तीन दशकयता दुधको उत्पादन ५९ प्रतिशतले बढेको छ।

२ चामल - अहिले प्रतिव्यक्ति चामलको खपत वार्षिक ७८.४ किलोग्राम रहेको छ। खासगरि एसियाली देशमा चामलको उपभोग बढी देखिन्छ।

३ गहुँ - सन् २०२३ मा गहुँको प्रतिव्यक्ति खपत ६७ किलोग्राम रहेको थियो। चीन, भारत, रुस, युक्रेन तथा युरोपेली संघ विश्वमा सबैभन्दा बढी गहुँ उत्पादनकर्ता हुन्।

४ आलु - आलु वहुउपयोगी खाद्यवस्तु मानिन्छ। हरेक परिकारमा आलुको प्रयोग गर्ने गरिन्छ। आलुको उत्पादन एक सय देशभन्दा बढीमा हुँदै आएको छ। आलुको खपत प्रतिव्यक्ति औषत ३२.९ किलोग्राम रहेको छ।

५ टमाटर - खानाका परिकार बनाउँदा होस् वा चटनी टमाटरको प्रयोग विश्वभर नै गर्ने गरिन्छ।  यसको प्रतिव्यक्ति खपत औषतमा २१.२ किलोग्राम रहेको छ।

६ चिनी - चिनीको प्रयोग पनि विश्वव्यापी रुपमा हुने गर्छ। लामो समयसम्म स्टोर गर्न सकिने गुलीयो वस्तु चिनीको माग बढ्दो स्वास्थ्य जागरुकता कारण पछिल्लो समय घट्दै जानेछ कि भन्ने अनुमान लगाउन थालिएको छ। तर, हाल यसको खपतमा कमी भने आएको छैन। विश्वमा हाल चिनीको खपत प्रतिव्यक्ति औषत २०.४ किलोग्राम रहेको छ।

७ सि फूड - प्रोटिनको सबैभन्दा राम्रो स्रोतको रुपमा रहेको सि फूड विश्वभर नै चर्चित छ। विश्वमा यसको खपत प्रतिव्यक्ति औषत २०.२ किलोग्राम रहेको छ।

८ मकै - मकै पनि सबैभन्दा बढी उपभोग गरिने १० खाद्यवस्तुमा पर्ने गर्छ। यसको प्रतिव्यक्ति वार्षिक औषत उपभोग १८.२ किलोग्राम रहेको छ।

९ दाल - दाल प्रोटिन र फाइबरको स्रोत हो। दक्षिण एसियाली देश र अफ्रिकामा अधिक उपभोग गरिने दाल अब भने अमेरिका र युरोपमा पनि फैलिइरहेको छ। यसको वार्षिक उपभोग औषत प्रतिव्यक्ति १८.१ किलोग्राम रहेको छ।

१० नुडल्स - नुडल्स विश्वभर अधिक रुचाइने खाद्यवस्तु हो। विश्वका हरेक देशमा यसको माग हुने गर्छ। यसको वार्षिक औषत प्रतिव्यक्ति खपत १५.५ किलोग्राम रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया