United Ajod

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

Everest Bank
  • BFIS News
  • 2024 Jul Mon 11:29
आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो।  

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया