United Ajod

एटिएम तोडफोड गर्ने एकजना काठमाडौंबाट पक्राउ

Everest Bank
  • BFIS News
  • 2024 Jul Mon 11:46
एटिएम तोडफोड गर्ने एकजना काठमाडौंबाट पक्राउ

काठमाडौं । काठमाडौंमा एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन्।

आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु चोकमा माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

एटिएम तोडफोड गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। प्रहरीको टोलीले रौतहट यमुनामाई गाउँपालिका-१ घर भई काठमाडौंको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठालाई पक्राउ गरेको हो।

उनीबाट प्रहरीले एउटा फलामको रड पनि बरामद भएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया