NIMB Header 2
Prabhu Mahalaxmi

बिवाइडीको 'बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट' अभियानअन्तर्गत कालीमाटीमा वृक्षरोपण

United Ajod
  • BFIS News
  • 2024 Jul 29 15:40
बिवाइडीको 'बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट' अभियानअन्तर्गत कालीमाटीमा वृक्षरोपण
IME LIFE

काठमाडौं । बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालीमाटीस्थित दुई पकेट फरेस्टमा ५५० विरुवा रोपेको छ।

Nepal Life
NIMB

संस्थागत सामाजिक उत्तरदायित्व अभियान 'बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट' अन्तर्गत बिवाइडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा सो वृक्षरोपण अभियान सम्पन्न गरेको हो।

सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरूले समेत सहभागिता जनाएका थिए, जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको छ।

अर्थपूर्ण वातावरणीय परिवर्तनका लागि सामुदायिक साझेदारीको शक्तिलाई यसले संकेत गरेको छ।

नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्षसम्म सावधानीपूर्वक हेरचाह र सम्भार गरिने छ। प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वास्थकर सहरी वातावरण निर्माण गर्नमा साइमेक्सको प्रतिबद्धतालाई यसले जोड दिन्छ।

कालीमाटीमा अवस्थित बिवाइडी पकेट फरेस्टको प्रभाव दीर्घकालीन रुपमा रहने छ।

यसबाट ५ वर्षपछि २९५ टन अक्सिजन उत्पादन हुुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ।

त्यसैगरी, १० वर्षपछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्षपछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुनेछ।

Ncell
'बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट अभियानअन्तर्गत कालीमाटीमा सफलतापूर्वक ५५० वृक्षरोपण गरेकोमा हामी उत्साहित भएका छौं,' साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठले भने, 'यो पहल वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा हाम्रो समर्पणको प्रमाण हो।'

'बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट' अभियानले विशेषतः सहरी क्षेत्रमा हरियाली निर्माण गर्न र वातावरणीय दिगोपनाका लागि योगदान गर्ने लक्ष्य लिएको छ।

यसबाट साइमेक्सले वातावरणीय ह्रासको हानिकारक नतिजाहरूको लामो समयदेखि सामना गरिरहेको काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभावलाई कम गर्न खोजेको बताइएको छ।

वृक्षरोपणमार्फत् समग्र र प्रभावकारी वनजंगल निर्माण सुनिश्चित गर्दै द रिभोलुसन प्रोजेक्टले दिगो मियावाकी प्रविधिको प्रयोग गरेको छ।

घना र विविध वृक्षरोपणको विशेषता सहितको यो दृष्टिकोण द रिभोलुसन प्रोजेक्टको हो र यसले कालीमाटीमा अवस्थित दुई बिवाइडी पकेट फरेस्टमा एक सम्पन्न इकोसिस्टम विकासमा भूमिका खेल्ने कम्पनीको भनाइ छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया