NIMB Header 2
Nepal Life

आत्मनिर्भर लघुवित्तको नाफामा ७१ प्रतिशतको गिरावट, खुद ब्याज आम्दानीमा भने वृद्धि

National Life
  • BFIS News
  • 2024 Jul 31 09:12
आत्मनिर्भर लघुवित्तको नाफामा ७१ प्रतिशतको गिरावट, खुद ब्याज आम्दानीमा भने वृद्धि
Sanima Reliance

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले उक्त अवधिमा १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो त्यसअघिको आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिभन्दा कम हो। यसअघि संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो ७१.२६ प्रतिशत कम हो।

Shikhar
NIMB

संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ। संस्थाले गत आवको चौथो त्रैमाससम्ममा १२ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.५७ प्रतिशतले बढी हो। अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ११ करोड ९५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो।  

सञ्चालन मुनाफा भने ८ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। संस्थाले सम्भावित घाटाका लागि १७ करोड ६४ लाख रुपैयाँ छुट्टाएको छ। जसका कारण संस्थाको सञ्चालन मुनाफा ऋणात्मक बन्न पुगेको हो। अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले सम्भावित घाटाका लागि ५ करोड ५४ लाख रुपैयाँको व्यवस्था गरेको थियो। संस्थाको अन्य सञ्चालन आम्दानी १ करोड ८४ लाख रुपैयाँ रहेको छ।  

संस्थाको कर्मचारी खर्च १७.६५ प्रतिशतले बढेर ४ करोड ७ लाख र अन्य सञ्चालन खर्च भने १६.५६ प्रतिशतले घटेर १ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको रिजर्भको आकार ६.५० प्रतिशतले घटेर १९ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ। समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ८६ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।  

संस्थाको खराब कर्जा अनुपात वृद्धि भएको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म ७.५८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १३.२२ प्रतिशत पुगेको छ।

लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५७ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ३७ पैसामा सीमित भएको छ। त्यस्तै, असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १३३ रुपैयाँ ७७ पैसा रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया