NIMB Header 2
Prabhu Mahalaxmi

ग्राहकको १ करोड १७ लाख खाताबाटै गायब! प्रभु बैंक बिर्तामोडका कर्मचारी फरार

United Ajod
  • BFIS News
  • 2024 Aug 01 12:58
ग्राहकको १ करोड १७ लाख खाताबाटै गायब! प्रभु बैंक बिर्तामोडका कर्मचारी फरार
IME LIFE

काठमाडौं । झापा बिर्तामोडको प्रभु बैंकमा ग्राहकले राखेको १ करोड १७ लाख रुपैयाँ खाताबाटै गायब भएको छ। रकम खाताबाट गाएब बनाएर मार्केटिङ म्यानेजर नै फरार भएका पीडितले बताएका छन्।

Nepal Life
NIMB

बिर्तामोड –५ का टीकाराम नेपालले श्रीमती मञ्जु नेपालको नाममा रहेको  प्रभु बैंक बिर्तामोड शाखाबाट १ करोड १७ लाख रुपैयाँ गायब गरिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए।

मञ्जुले बिर्तामोड शाखामा पटकपटक गरी १ करोड १९ लाख जम्मा गरेको तर ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा जम्मा २ लाख मात्र बाँकी देखिएको थियो।

बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरी मोबाइल अफ गरेर सम्पर्कविहीन बनेको उनको आरोप छ।

बैंकका कर्मचारी सिटौलासंग पैसा फिर्ताबारे कुरा गर्दा ‘म मिलाइहाल्छु’ भन्ने जवाफ दिएको नेपालले जानकारी दिए। बुधबार बिहान मात्र बिर्तामोड शनिश्चरे रोडमा रहेको ‘द मोमो फ्याक्टोरी’मा आएका सिटौला ग्यासट्राइटिसको औषधि किन्ने भन्दै उनको झोला त्यहीँ छोडी फरार भएका थिए।

त्यसपछि उनको फेसबुक एकाउन्ड डिएक्टिभेट छ भने मोबाइल फोन अफ रहेको छ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ।

बैंकका प्रबन्धक गणेशबहादुर बरालले उजुरी परेको बताउँदै बैंकले पनि केन्द्रबाटै छानबिन समिति बनाएर अनुसन्धान गर्ने बताए।

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया