NIMB Header 2
Prabhu Mahalaxmi

सानिमा मिडिल तमोर हाइड्रोपावरले घोषणा गर्‍यो ५.२६३ प्रतिशत नगद लाभांश

United Ajod
  • BFIS News
  • 2026 Sep 24 11:01
सानिमा मिडिल तमोर हाइड्रोपावरले घोषणा गर्‍यो ५.२६३ प्रतिशत नगद लाभांश
IME LIFE

काठमाडौं। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Nepal Life
NIMB

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३० गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

बुक क्लोजको आधारमा असोज १६ गतेसम्म कायम शेयरधनी कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

सभाबाट प्रस्तावित लाभांश पारित भएपछि कम्पनीले तोकिएको प्रक्रियाअनुसार शेयरधनीलाई नगद लाभांश वितरण गर्नेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया