NIMB Header 2
Nepal Life

सिटिजन्स बैंकको मुनाफा एक अर्ब ३४ करोड, ६ अर्ब ६७ करोडको जगेडा कोषबाट कतिसम्म दिन सक्ला लाभांश ?

National Life
  • BFIS News
  • 2024 Aug 04 09:21
सिटिजन्स बैंकको मुनाफा एक अर्ब ३४ करोड, ६ अर्ब ६७ करोडको जगेडा कोषबाट कतिसम्म दिन सक्ला लाभांश ?
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १९.३२ प्रतिशत र खुद नाफा करिब २८ प्रतिशत घटेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ।

असार मसान्तसम्म ६१ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

गएको आर्थिक वर्षमा समेत शेयरधनीलाई हात खालि नराखेको सिटिजन बैंकले यस वर्ष पनि धेरै थोर लाभांश दिन सक्ने क्षमता भने राख्छ । बैंकको गत वर्ष प्रतिशेयर आम्दानी १३ रुपैयाँ थियो । अहिले ९ रुपैयाँमा झरेको छ । जगेडा कोषमा ९ अर्ब ९१ करोड थियो । यस वर्ष बैंकले कोषबाट पनि लाभांश दिन सक्ने सम्भावना भने उच्च छ । राष्ट्र बैंकले यस वर्ष लाभांश वितरणमा गएका वर्षको जस्तो कडाइ गर्ने नीति लिएको छैन । तर आकर्षक लाभांश दिन सक्छ भन्ने अवस्था भने छैन । तर गएको वर्षको भन्दा घटाएर लाभांश भने पक्कै नदेला । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया