आइपिओ निष्कासन गर्दै श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, बोलायो विशेष साधारण सभा
- BFIS News
- 2024 Aug 04 10:58
काठमाडौं । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गते विशेष साधारण सभा बोलाएको हो। सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजे बस्नेछ।
सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गरिनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







.jpg)









प्रतिक्रिया