NIMB Header 2
Nepal Life

डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारको निर्णयविपरित मत राख्ने सञ्चालकलाई अन्तत: सरकारले हटायो

National Life
  • BFIS News
  • 2024 Aug 04 15:59
डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारको निर्णयविपरित मत राख्ने सञ्चालकलाई अन्तत: सरकारले हटायो
Sanima Reliance


काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको छ। उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन्।

Shikhar
NIMB

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत साउन १६ गते दुवैलाई मन्त्री खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए।

उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले दुवैजनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।

फरक मत राखेकै कारण उर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिका दुई सदस्यलाई सोध्न लगाए स्पष्टीकरण

उनीहरुले डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगको काटिएका लाइन जोड्ने निर्णयमा फरक मत राखेका थिए। प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशनविपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया