NIMB Header 2
Nepal Life

बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै मुनाफा आर्जन गरेको नविल बैंकले शेयरधनीलाई यस वर्ष कति दिन सक्ला लाभांश ?

National Life
  • BFIS News
  • 2024 Aug 05 07:17
बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै मुनाफा आर्जन गरेको नविल बैंकले शेयरधनीलाई यस वर्ष कति दिन सक्ला लाभांश ?
Sanima Reliance

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

Shikhar
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत झरेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २२ करोडमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४२ पैसा बढेर २६ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ।

कति दिन सक्ला लाभांश ? 

बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै मुनाफा आर्जन गरेको नविल बैंकले गएको वर्ष ११ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले यस वर्ष पनि गत वर्षको भन्दा लाभांश दर घटाउने देखिदैन । बैंकको जगेडा कोषमै २८ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पूँजी भन्दा जगेडा कोष बलियो रहेको नविल बैंकले कोष बलियो बनाउलाई नै गत वर्ष बोनस शेयर नदिएर केहि नगद मात्रै दिएको थियो ।

यस वर्ष भने नगद र बोनस शेयर दुबै दिनु पर्ने अवस्था छ । नगद मात्रै दिदा पूँजीकोषमा असर पार्ने भएकाले पनि बैंकले यस वर्ष ७ अर्ब ६ करोड मध्येबाट १० प्रतिशत कर्मचारी तथा अन्य नियामकिय क्षेत्राधिकार भित्र रहेर छुट्टाउनु पर्ने रकम दिएर पनि तीन अर्ब भन्दा माथिको लाभांश दिन सक्छ । वितरण योग्य मुनाफाबाट मात्रै १५ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्छ । कोष बलियो भएको हुँदा बोनस शेयर दिएर केहि पूँजी बढाउन सक्नेछ । 

हेर्नुहोस् बैंकको विगत एक दशकमा वितरण गरेको लाभांश 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया