NIMB Header 2
Nepal Life

कृषि विकास बैंकको खुद नाफामा छलाङ, लाभांश क्षमता १७.३७ प्रतिशत

National Life
  • BFIS News
  • 2024 Aug 05 08:47
कृषि विकास बैंकको खुद नाफामा छलाङ, लाभांश क्षमता १७.३७ प्रतिशत
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८०-८१ को चौथो चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसमा वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति देखिएको छ।

Shikhar
NIMB

यस अवधिमा बैंकको खुद नाफा ३ अर्ब ६५ करोड माथि पुगेको छ। यो त्यसअघिको आर्थिक वर्षको सोही अवधिको तुलनामा १७६ प्रतिशत बढी हो। अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा १ अर्ब ३२ करोड थियो।
 
बैंकले १७.३७ प्रतिशतको लाभांश क्षमता बनाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको लाभांश क्षमता ९.२४ प्रतिशतमा सीमित थियो।

बैंकले २ अर्ब ६६ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११४.१९ प्रतिशत बढी हो।  

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशत बढी हो। सञ्चालन मुनाफामा ७० प्रतिशतको बढोत्तरी हुँदै ५ अर्ब २९ करोड माथि पुगेको छ।  

खूद ब्याज आम्दानी बढेर १० अर्ब १२ करोड माथि पुगेको छ। अघिल्लो वर्ष ८ अर्ब १९ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकले २ खर्ब १ अर्ब ७६ करोड बढी कर्जा परिचालन गरेको छ। यसमा १३ प्रतिशतको वृद्धि भएको छ।
 
बैंकको खराब कर्जा अनुपात बढेर ३.४४ प्रतिशत पुगेको छ।

अघिल्लो वर्ष ७.४२ प्रतिशतमा सीमित प्रतिसेयर आम्दानी २३३.५५ प्रतिशतले वृद्धि भई २४.७५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २३३.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य रु. २२८३.९८ कायम भएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया