Nepal Life

काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा लगातारको वर्षा, दुई दिन ठूलो पानी पर्ने हुँदा सतर्कता अपनाउन आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Aug 06 09:03
काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा लगातारको वर्षा, दुई दिन ठूलो पानी पर्ने हुँदा सतर्कता अपनाउन आग्रह
United Ajod

काठमाडौं । काठमाडौं उपत्यकामा गएरादेखि निरन्तर वर्षा जारी छ। देशको पूर्वी भागमा समेत अत्यधिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

यसैबीच आउँदो दुई दिन देशव्यापी रूपमा ठूलो मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ। मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले आज र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ।

विभागले केही भेगमा अति भारी वर्षा हुने भएकाले सतर्क रहन अनुरोध गरेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी केही स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ।

भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका जिल्लामा बाढी, पहिरोलगायतको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। सोमबार रातिदेखि बुधबार रातिसम्मको समयमा बढी वर्षा हुने भएकाले पनि जोखिम बढ्न सक्ने अनुमान छ।
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया