Nepal Life

आज पनि अमेरिकी डलरले बनायो उच्च मूल्यको रेकर्ड

NMB Bank
  • BFIS News
  • 2024 Aug 07 08:27
आज पनि अमेरिकी डलरले बनायो उच्च मूल्यको रेकर्ड
United Ajod

काठमाडौं । आज पनि अमेरिकी डलरले उच्च मूल्यले नयाँ रेकर्ड बनाएको छ। गत शनिबार बनेको रेकर्डलाई तोड्दै डलरको मूल्यले हिजो अर्थात मंगलबार नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई पनि तोड्दै आज (साउन २३ गते) पुनः डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ३ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत मंगलबार अर्थात साउन २२ गते, डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। सो दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा र खरिददर १३३ रुपैयाँ ८६ पैसा कायम भएको थियो।

आज युरोपियन युरो एकको खरिददर १४६.१९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.८५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.२४ रुपैयाँ र बिक्रीदर १७१.०० रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६.८७ रुपैयाँ र बिक्रीदर ८७.२६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.८६ रुपैयाँ र बिक्रीदर ९७.२९ रुपैयाँ तोकिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया