Nepal Life

अर्थमन्त्री विष्णु पौडेल भन्छन् : धितोपत्र बोर्डमा चाँडै पारदर्शी ढंगले योग्य व्यक्ति अध्यक्षमा नियुक्ति हुन्छ

NMB Bank
  • BFIS News
  • 2024 Aug 07 13:46
अर्थमन्त्री विष्णु पौडेल भन्छन् : धितोपत्र बोर्डमा चाँडै पारदर्शी ढंगले योग्य व्यक्ति अध्यक्षमा नियुक्ति हुन्छ
United Ajod

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको नियुक्ति छिट्टै हुने बताएका छन्। मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

Shikhar
Nepal Life
NIMB

उनले भने, “सेबोनको अध्यक्ष नियुक्ति पक्रिया यति जटिल (कम्प्लिकेटेड) हुनु हुँदैनथ्यो । म अर्थमन्त्री भएर आईपुग्दा यो एउटा अन्योलको अवस्थामा ग्रुरिएको थियो । अब कानूनसम्मत पारदर्शी ढंगले योग्य व्यक्ति अध्यक्षमा नियुक्ति हुन्छ । यत्ति नै समय भन्ने छैन तर छिटो भन्दा छिटो पक्रिया अगाडि बढ्छ ।”

पौडेलले पूँजी बजारलाई वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकार पूँजी बजारको विकासको सन्दर्भमा पारदर्शी, परिपक्क ढंगले काम गर्ने बताए ।

वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको उनले उल्लेख गरे।

राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको उनले बताए। ‘अहिले बजेटमा जुन राजश्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पूरा गर्न कडा मेहनतको आवश्यकता छ । यहाँ सबै प्रकारका त्रुटिहरु, कमी कमजोरीहरु छन् र त्यसलाई सच्याउनु पर्ने छ,’ अर्थमन्त्री पौडेलले भने।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया