NIMB Header 2
Nepal Life

हिमालय उर्जाको हकप्रद निष्कासन आजदेखि, असार १९ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउन‍े

National Life
  • BFIS News
  • 2024 Aug 08 08:30
हिमालय उर्जाको हकप्रद निष्कासन आजदेखि, असार १९ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउन‍े
Sanima Reliance

काठमाडौं । हिमालय उर्जाले आजदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १:१ अनुपातमा रु. १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको हो।

Shikhar
NIMB

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सिडिएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ। त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक रहेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया