NIMB Header 2
Nepal Life

मानुषी लघुवित्तले बोलायो विशेष साधारण सभा

National Life
  • BFIS News
  • 2024 Aug 08 09:27
मानुषी लघुवित्तले बोलायो विशेष साधारण सभा
Sanima Reliance

काठमाडौं । मानुषी लघुवित्तले विशेष साधारणसभा बोलाएको छ। लघुवित्तको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ७ गते शुक्रबार भक्तपुरको पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा बिहान साढे १० बजे बस्ने गरी सभा बोलाएको हो।

Shikhar
NIMB

सभाले अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति हुने वा डिमर्जर गर्ने, उपयुक्त वित्तीय संस्था पहिचान गरी सहमति, हस्ताक्षर गर्ने र स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने, परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाका शाखा खरीद वा प्राप्ति गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। यस्तै नियामक निकायबाट प्राप्त हुने निर्देशन बमोजिम कुनै कार्य वा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ साउन ३१ गते बुक क्लोज हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया