NIMB Header 2
Nepal Life

आइपिओ जारी गर्दै इन्द्रेणी मसरुम फर्म, च्याउको व्यवसायिक उत्पादनसँगै ब्राण्डिङ गर्ने योजना

National Life
  • BFIS News
  • 2024 Aug 08 12:42
आइपिओ जारी गर्दै इन्द्रेणी मसरुम फर्म, च्याउको व्यवसायिक उत्पादनसँगै ब्राण्डिङ गर्ने योजना
Sanima Reliance

काठमाडौं । इन्द्रेणी मसरुम फर्मले आइपिओ जारी गर्ने भएको छ। मकवानपुरमा थाहा नगरपालिका–९ चित्लाङमा रहेको सो फर्मले आइपिओ ल्याउन लागेको हो।

Shikhar
NIMB

आइपिओ निष्काशन गरी सो बाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यवसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्ने योजना बनाइएको छ।
 
कम्पनीले कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादननिमित्त मल-बिउ र सामाग्री बिक्री केन्द्र खोलि बिक्री गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सूप उत्पादन गर्ने लक्ष्य लिएको छ।

चित्लाङ र हेटौडाबाट उत्पादन सुरु भए पश्चात् दैनिक २५०० केजीमाथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन बताइएको छ।
 
नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिबाट व्यवसायिक रुपमा गोब्रे च्याऊ उत्पादन गर्ने उद्देश्यले विसं २०७१ सालमा इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडको नाममा कम्पनी स्थापना भएको हो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया