NIMB Header 2
Prabhu Mahalaxmi

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि पाँच उम्मेदवार 'सर्टलिस्ट', कसले मार्ला बाजी?

United Ajod
  • BFIS News
  • 2024 Sep 04 08:55
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि पाँच उम्मेदवार 'सर्टलिस्ट', कसले मार्ला बाजी?
IME LIFE

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि पाँच उम्मेदवार सूचीकरण गरिएको छ। सिफारिस समितिले सूचीकरणमा परेका पाँच उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

समितिको सचिवालयले गत साउन २८ मा उक्त पदका लागि विज्ञापन आह्वान गरेको थियो। जसमा ८ जनाले आवेदन दिएका थिए। ८ जनाबाट ५ जनाको नाम छानिएको छ। अब उनीहरुमध्येबाट तीन जनाको नाम तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिनेछ। मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्ने छ।

उम्मेदवारको रणनीति र कार्ययोजना, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपछि सचिवालयले तीनजना छनोट गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।

पाँच उम्मेदवारहरूमा विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, सुशील ज्ञवाली, रामदेव यादव र भीष्मराज ढुंगाना छन्।

ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए भने काफ्ले तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड (हाल वैदेशिक रोजगार बोर्ड) का पूर्वकार्यकारी निर्देशक हुन्। यस्तै ढुंगाना नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा नेपाल राष्ट्र बैक पूर्व कार्यकारी निर्देशक हुन्।

सरकारले यस पटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको छ।

स्रोतका अनुसार तत्कालीन पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बोर्डको सिइओ बन्ने सम्भावना छ। उनी प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलनिकट मानिन्छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया