काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव त हुने होइन, के भन्छ निगम?
- BFIS News
- 2024 Sep 30 14:00
काठमाडौं। बाढी पहिरोका कारण राजमार्ग अस्तव्यस्त तथा अवरुद्ध भएपछि कतै पेट्रोलियम पदार्थको अभाव हुने त होइन भन्ने चिन्ता बढेको छ। तर, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै पनि समस्या नहुने बताएको छ।
निगमले सातदेखि दश दिनलाई पेट्रोलियम पदार्थ मौज्दात रहेकाले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। निगमसँग पेट्रोल सात, डिजेल र हवाई इन्धन दश/दश दिनका लागि पुग्ने भण्डार क्षमता छ।
थानकोट डिपोमा आइतबारसम्म पेट्रोल एक करोड लिटर, डिजेल तीन करोड लिटर र हवाई इन्धन ५५ लाख लिटर मौज्दात छ। इन्धन बोकेका केही ट्यांकर काठमाडौं आउँदै गरेकाले पनि आपूर्तीमा समस्या नहुने निगमले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











.jpg)
.jpg)


प्रतिक्रिया