NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत बोनस शेयर हात पार्ने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Oct 01 08:11
प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत बोनस शेयर हात पार्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले घोषणा गरेको बोनस शेयर आजसम्म कायम शेयरधनीले मात्रै पाउने भएका छन् । कम्पनीले साधारण सभा प्रयोजनार्थ भोलि असोज १६ गते बुकक्लोज गर्दैछ । आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

Shikhar
NIMB

कम्पनीको वार्षिक साधारणसभा असोज २३ गते, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यसका साथै, छैठौं साधारण सभाबाट तत्कालिन चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा सो निर्णय पुनरावलोकन गरी बोनस शेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूंजी को ७ प्रतिशत बराबर को हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश भएको छ ।

यता, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया