Nepal Life

बाढी पहिरोका कारण उत्पन्न विषम परिस्थितिका कारण एशियाली मुलुकका बीमा नियामकहरुको सम्मेलन स्थगित

NMB Bank
  • BFIS News
  • 2024 Oct 04 16:51
बाढी पहिरोका कारण उत्पन्न विषम परिस्थितिका कारण  एशियाली मुलुकका बीमा नियामकहरुको सम्मेलन स्थगित
National Life

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा हुन गइरहेको एशियाली मुलुकका बीमा नियामकहरुको सम्मेलन स्थगित भएको छ । बीमा प्राधिकरणको आयोजनामा यहि असोज २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा आयोजना गर्न तय भएको Asian Forum of Insurance Regulators (AFIR) को वार्षिक बैठक तथा वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको छ ।

Shikhar
NIMB

हालैको अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा बैठक तथा सम्मेलन गर्न असहज हुने भनी Asian Forum of Insurance Regulators को सचिवालयबाट हाललाई कार्यक्रमहरू स्थगित गर्न अनुरोध भएको भन्दै प्राधिकरणले स्थगित गरेको हो । अहिलेको विषम परिस्थितिमा विदेशी पाहुनाहरूको सुविधा समेतलाई ध्यानमा राखी उक्त सचिवालयसँगको समन्वयमा अर्को मिति तोक्ने गरी हाललाई कार्यक्रमहरू स्थगित गरिएको प्राधिकरणले स्पष्ट पारेको छ । 

यही असोज २३ का लागि तय भएको AFIR को वार्षिक साधारण सभाको भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै संचालन हुनेछ ।

AFIR को सचिवालयसँग समन्वय गरी स्थगित बैठक सभा तथा सम्मेलन आयोजनाका लागि नयाँ मिति तय भएपछि जानकारी गराइने प्राधिकरणले जानकारी गराएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया