स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत लाभांश प्रस्ताव
- BFIS News
- 2026 Mar 01 11:45
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांशमा बोनस शेयर र नगद अंश दुवै समावेश छन्।
संस्थाको सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यसअनुसार ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि छुट्याइएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्रै वितरण प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया