NIMB Header 2
Nepal Life

लाभांश प्रस्तावसहित सिटिजन्स बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

National Life
  • BFIS News
  • 2024 Oct 07 07:40
लाभांश प्रस्तावसहित सिटिजन्स बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
Sanima Reliance

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले वार्षिक साधारण सभा बोलाएको छ। बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा आगामी कात्तिक १२ गते डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेगरी बोलाएको हो।

सभामा गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

Shikhar
NIMB

यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने मर्ज गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याइन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याइनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  

सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको बैंक तथा बैकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र २०८० साउन १ गतेदेखि २०८१ असारसम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने चालु आवका लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

बैंकले असोज २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया