बैंकिङ प्रणालीमा अधिक तरलता सँगै राष्ट्र बैंकले दुई दिनका लागि ४० अर्ब तान्दै
- BFIS News
- 2024 Oct 07 11:06
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलतालाई व्यवस्थापन गर्न अल्पकालिन औजारका रुपमा दुई दिनका लागि ४० अर्बको निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकले दुई दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गरेको हो । बैंकहरुले आज अपरान्ह तीन बजे बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले यस उपकरणको सावा व्याज असोज २३ गते प्राप्त गर्न सक्ने छन् । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि बैंकहरुलाई ब्याजदर सहित उक्त रकम बोलकबोलका लागि आह्वान गरेको हो ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












.jpg)


प्रतिक्रिया