Nepal Life

राष्ट्र बैंकले तीन विकास बैंक र चार फाइनान्सलाई गर्यो कारबाही

NMB Bank
  • BFIS News
  • 2024 Oct 22 07:11
राष्ट्र बैंकले तीन विकास बैंक र चार फाइनान्सलाई गर्यो कारबाही
United Ajod

काठमाडौं । चालु आर्थिक वर्ष २०८१-०८२ को पहिलो त्रैमास अर्थात साउनदेखि असोजसम्ममा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा परेका छन् । राष्ट्र बैंकले निर्देशन उल्लंघन गरेपछि ३ विकास बैंक र ३ फाइनान्स कम्पनीका संचालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई सचेत गराएको छ भने १ फाइनान्सलाई जरिवाना तिराएको छ ।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकका अनुसार सिन्धु विकास बैंक, सालपा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई कारवाहीमा परेका हुन् । यस्तै रिलायन्स, प्रोगेसिभ, गोर्खाज र जानकी फाइनान्स पनि राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेर कारवाहीमा परेका हुन्। राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्नेमध्ये ३ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीका संचालक र सीइओलाई सचेत गराएको छ  । अनिवार्य नगद मौज्दात कायम नगरेका कारण रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

राष्ट्र बैंकका अनुसार सिन्धु विकास बैंक र सालप विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले यी बैंकका संचालक र सीइओलाई सचेत गराइएको हो। मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेकाले सो बैंकको संचालक समिति र सीइओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले कारवाहीमा परेका हुन् । रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेका कारण ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

गोर्खाज फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ । गोर्खाज फाइनान्स तत्कालीन अध्यक्ष-संचालक संस्थाको ऋणी-ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरु मार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, गोर्खाज फाइनान्सका तत्कालीन अध्यक्ष-सञ्चालकले आफुहरु संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरुसँग पटक पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा संचालक समितिले निगरानी कार्यलाई चुस्त नराखेको भन्दै कम्पनीका संचालक र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई सचेत गराइएको राष्ट्र बैंकको भनाई छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया