NIMB Header 2
Nepal Life

बीमा प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको स्वीकृति दिन छाड्यो, २१ दिन अघि विवरण पेश गरे पुग्ने

Citizen Life
  • BFIS News
  • 2024 Oct 22 12:32
बीमा प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत नियुक्तिको स्वीकृति दिन छाड्यो, २१ दिन अघि विवरण पेश गरे पुग्ने
Muktinath Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत नियुक्ति अगाडी स्वीकृति दिन छाडेको छ । बीमा ऐनमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि स्वीकृति दिनु पर्ने व्यवस्था नभएको भन्दै पछिल्लो समय स्वीकृति दिने प्रचलननै हटाएको हो ।

NIMB

बीमा ऐन २०७९ को दफा ५७ को उपदफा ४ मा सञ्चालक समितिले कार्यकारी प्रमुख नियुक्त गर्दा तोकिएको योग्यता तथा अनुभव भएको व्यक्तिलाई नियुक्त गरी त्यसरी नियुक्त गरेको सात दिनभित्र प्राधिकरणलाई जानकारी दिनु पर्नेछ भनिएको छ । यस बाहेक प्राधिकरणले स्वीकृति दिनु पर्ने कुनै पनि व्यवस्था नगरेको प्राधिकरणको जिकिर छ ।

ऐनमा प्रमुख कार्यकारी अधिकृतको योग्यता तथा अयोग्यताको विषय स्पष्ट रुपमा खुलाइएको हुँदा यसमा सञ्चालक समिति नै जवाफदेखी र जिम्मेवार हुनु पर्ने प्राधिकरणको राय छ । अर्को तर्फ बीमा नियमावली पनि आउन बाँकी छ । यदि नियमावलीले स्वीकृति दिनु पर्छ भनेमा दिने अन्यथा प्राधिकरणले विगतमा जस्तो स्वीकृति दिने काम नगर्ने एक अधिकारीले जानकारी दिए ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० को दफा २५ मा बीमकले ऐनको दफा ५७ को उपदफा एक बमोजिम बीमको कार्यकारी प्रमुखको रुपमा नियुक्ति गर्नको लागि छनौट भएको व्यक्तिलाई नियुक्त गर्नु भन्दा २१ दिन पूर्व तोकिएको कागजात संलग्न राखी प्राधिकरणमा पेश गर्नु पर्नेछ भनिएको छ ।

यसै व्यवस्था अनुसार बीमा प्राधिकरणले प्राप्त भएको विवरणको फिट एण्ड प्रपर टेष्ट भने गर्नेछ । प्राधिकरणले प्राप्त विवरणको आधारमा उपयुक्तताको परीक्षण गर्दा त्यस्तो व्यक्तिलाई कार्यकारी प्रमुखमा नियुक्त गर्न योग्यता पुगेको नदेखिएमा वा तलब भत्ता र अन्य सुविधाको विषयमा पुनराबलोकन गर्न आवश्यक देखिएमा १५ दिन भित्र बीमा कम्पनीलाई लिखित निर्देशन दिनु पर्नेछ । यदि योग्यता नपुगेको देखिएमा मात्रै कारण सहित लिखित निर्देशन दिने व्यवस्था छ । यदि योग्यता पुगेको रहेछ भने प्राधिकरणको स्वीकृति आवश्यक नपर्ने ति अधिकारीले जानकारी दिए ।

यस विषयमा बीमा प्राधिकरणले सञ्चालक समितिलाई नै बढि जवाफदेही बनाउन खोजेको हो । यदि सञ्चालक समितिले प्रचलित कानुन मुताविक काम नगरेको देखिएमा मात्रै प्राधिकरणले हस्तक्षेप गर्ने हैन भने कम्पनीलाई नै आफ्नो हिसावले काम गर्न दिइने प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणले केहि समयदेखि नै प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका विषयमा स्वीकृति दिने व्यवस्था हटाएको थियो । नत्र कम्पनीको सञ्चालक समितिले नियुक्त गरेर त्यसको जानकारी सहित सबै विवरण प्राधिकरणमा पेश गर्ने प्रचलन थियो । प्राप्त विवरण हेरेर प्राधिकरणले स्वीकृति दिने नदिने भन्ने विषयमा निर्णय गर्थ्यो । अहिले नियुक्त गर्नु भन्दा २१ दिन अगाडी नै प्राधिकरणमा कागजात पेश गर्नु पर्ने भएकाले यस अवधिमा सबै कुराहरु चेक जाँच गरिसक्ने र त्रुटीदेखिएमा मात्रै पत्र पठाउने हैन भने कम्पनीले आफ्नो हिसावले नियुक्त गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया