Nepal Life

निफ्राले शेयरधनीलाई बनायो निरास, 'निफ्राको शेयरमा पनि बैंकमा राख्दा बढि फाइदा'

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 13:02
निफ्राले शेयरधनीलाई बनायो निरास, 'निफ्राको शेयरमा पनि बैंकमा राख्दा बढि फाइदा'
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले यस पटक शेयरधनीलाई निरास बनाएको छ । गएका वर्षमा अलि अलि भए पनि लाभांश हात पार्दै आएका शेयरधनीको यस पटक भने हात खालि हुने भएको छ । 

NIMB

बैंकले विगतका वर्षमा वितरण गरेको लाभांश हेर्ने हो भने बैंकको व्याजदरबाट आउने प्रतिफल जति पनि छैन । गएका वर्षमा बाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा १३ प्रतिशत भन्दा माथि व्याज दिएका थिए । जवकी बैंकले पहिलो पटक ८ प्रतिशत बोनस शेयर दिए पनि त्यस यताका वर्षमा ५ प्रतिशत पनि लाभांश दिन सकिरहेको थिए । अहिल्लै पनि बैंकको शेयरमा भन्दा बैंकको मुद्दती निक्षेपमा पैसा राख्दा बढि प्रतिफल पाउन सकिन्छ । 

कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हालको लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय गरेको हो। गत आर्थिक वर्षको बैंकले १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको जगेडा कोषमा २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । 

चुक्ता पूँजी २१ अर्ब ६० करोड रहेको निफ्राले विभिन्न आयोजनामा दीर्घकालिन लगानी गर्छ । तर नेपालको सन्दर्भमा यस्तो बैंकले खासै प्रभावकारी रुपमा काम गर्न सकिरहेको छैन । पूँजी नै आयोजनाको ऋणमा प्रयोग गर्ने भएकाले त्यसको प्रतिफलबाट बैंकले लाभांश दिन सक्ने अवस्थै रहैन । यदि यहि पूँजीबाट अन्य कम्पनीको आयोजनाको पूँजीमा लगानी गर्ने भएको भए त्यसबाट पूँजीगत लाभ गर्न सक्ने अवस्था रहन्थ्यो । अन्य बैंकहरुले निक्षेप संकलन गरेर कर्जाको रुपमा काम गर्ने परम्परालाई पूँजी संकलन गरेर पूँजीलाई ऋणको रुपमा लगानी गर्दा त्यसले मल्टिफल फर्मेसन गर्न सकेको छैन । त्यसमा पनि दीर्घकालिन आयोजनामा लगानी गर्ने भएकाले त्यस्ता आयोजनाले नियमित रुपमा व्याज तथा किस्ता दिन सक्ने अवस्था रहदैन । जसले गर्दा पनि एक पटकको पूँजी एकै पटक सकिन्छ र त्यसले क्यापिटल फर्मेसन गर्न सक्दैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया