NIMB Header 2
Prabhu Mahalaxmi

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा भाग लिएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

United Ajod
  • BFIS News
  • 2026 Sep 30 11:32
एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा भाग लिएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
IME LIFE

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।कतार एयरवेजको जहाजमार्फत उनी आज बिहान काठमाडौं फर्किएका हुन् । भ्रमण नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकहरु बीच थप सहकार्यका लागि फलदायी भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा भाग लिन उनी असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए ।

Nepal Life
NIMB

उक्त बैठकमा अर्थमन्त्री वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि एक प्रमुख स्रोत रहेको उल्लेख गर्दै सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधि लगायतका उत्पादनका प्रमुख साधनमा लगानी गर्नुपर्ने बताए ।

उनले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय तथा स्वदेशी र विदेशी निजी पुँजीलाई आकर्षित गर्ने तरिकाले वित्तको उपलब्धता गराउनुपर्ने आवश्यकता बारे पनि बैठकमा धारणा राखेका थिए।

बैठकका क्रममा उनले एआईआईबीका अध्यक्ष, बैंकका सदस्य राष्ट्रहरू कतार, भारत,बंगलादेश,आर्मेनिया,जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्ति पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेका थिए ।

नेपाल पहिलोपटक एसियाली पूर्वाधार लगानी बैंकको उप-सभापतिमा निर्वाचित भएसँगै मुलुकको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सहकार्यका लागि थप मार्गप्रशस्त हुने आशा गरिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया